नियम
चिठ्ठा खोल्ने स्वीकृतिको निमित्त निवेदन दिने
(१) ऐनको दफा ३ को उपदफा (१) बमोजिम चिठ्ठा खोल्न चाहने व्यक्ति वा संस्थाले नेपाल सरकारको स्वीकृतिको निमित्त निवेदन दिंदा चिठ्ठाको २ प्रति नमूना सामेल गरी स्थानीय प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा अनुसूचीमा तोकिएको ढाँचाको निवेदन दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले निवेदनको सम्बन्धमा आवश्यक जाँचबुझ गरी आफ्नो मन्तव्य सहित उक्त निवेदन गृह मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रमुख जिल्ला अधिकारको मन्तव्य सहितको निवेदन प्राप्त भएपछि गृह मन्त्रालयले निवेदकलाई चिठ्ठा खोल्ने अनुमति दिन सक्नेछ ।
(४) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सार्वजनिक प्रदर्शनीस्थल, क्लव वा सोसाइटी जस्तो ठाउँमा मात्र खोलिने
चिठ्ठाको हकमा प्रमुख जिल्ला अधिकारीले निवेदकलाई चिठ्ठा खोल्ने अनुमति दिन सक्नेछ ।